Sherpa App

शेर्पा भाषा एप्स कार्डको उपलब्धता बरे सुचना

आदरणीय शेर्पा संघ बेलायत परिवारमा टाशी देलेग/ नमस्कार ,

शेर्पा संघ बेलायतका नयॉ कार्यसमिति पहिलो बैठक यही मिति २३ मर्त २०२४ दिन बसेको थियो।

उक्ता दिन विश्व शेर्पा संघले निर्माण गरेको शेर्पा भाषा एपको शेर्पा संघ बेलायतले विधिवत रुपमा उदघाटन गरिएकेा थियो ।

विश्व शेर्पा संघले 2022 पहिलो चोटि Sherpa Language App थियो। यसलाई अपग्रेड गरेरा 8 अक्तूबर 2023 विश्व शेर्पा दिवस दिन Sherpa World App उदघाटन थियो। यस एप बाट शेर्पा भाषा, शेर्पा गीत, शेर्पाको इतिहास, संस्कृति र बुद्ध धर्म सम्बंधित ज्ञान सिक्ना सकिनेछ।

हामी भावी पुस्ताहरूका लागि हाम्रो भाषाको प्रवर्द्धन र सुरक्षाको महत्त्व बुझ्छौं, र यी शेर्पा भाषा एप्स कार्डहरूले हाम्रो समुदायलाई हाम्रो भाषिक सम्पदासँग संलग्न हुनको लागि पहुँचयोग्य माध्यम प्रदान गर्दछ।

यो उल्लेखनीय छ कि प्रत्येक शेर्पा भाषा एप्स कार्ड एक QR कोड संग सुसज्जित छ जुन चार फरक मोबाइल उपकरणहरूमा प्रयोग गर्न सकिन्छ, यसको उपयोगितालाई अधिकतम बनाउँदै र धेरै प्रयोगकर्ताहरूलाई यो सेवाबाट लाभान्वित गर्न सक्षम बनाउँछ।

बदलिँदो पारिवारिक संरचना र जीवनशैलीको कारण प्रभावित मातृभाषाको संरक्षण सम्वर्धन र पुस्तान्तरण गर्न यो Sherpa world App उपयोगी सिद्ध हुने आशा र बिश्वासका साथ सम्पूर्ण शेर्पा, शेर्पा भाषामा रुचि राख्नुहुने ईच्छुक महानुभावहरुले भरपुर लाभ लिन सकोस्! आफ्नो पहिचानको जड मातृभाषा भएकोले गर्व र उत्साहका साथ आफ्नो भाषा सिक्न, बोल्न, लेक्न र सम्वाद गर्न यो App ले महत्त्वपूर्ण काम गर्ने सकोस्! सबैलाई हार्दिक शुभकामना!!!

तपाईंको शेर्पा भाषा एप्स कार्ड अनुरोध गर्न, कृपया हामीलाई निम्न नम्बरहरूमा सिधै सम्पर्क प्रत्यक्ष कलको लागि, अध्यक्ष रिन्जी शेर्पा ( 07828416099) उपाध्यक्ष आड० दाली शेर्पा र महासचिव नोर्बु शेर्पा सम्पर्क गर्नु होला। शेर्पा संघ बेलायतले यी कार्डहरूको मूल्य £10 राखिएको छ।

हामी सबै मिलेर शेर्पा भाषाको सुन्दरता र समृद्धि आउने पुस्तासम्म कायम रहने सुनिश्चित गरौं।

तपाईंको साथ सहायोग र समर्थनको लागि फेरि एक पटक धन्यवाद।

Previous
Previous

ཟླ་བའི་དུས་ཆེན་ནི། Saga Dawa

Next
Next

England Vs Nepal