शेर्पा संघ बेलायतले सानो बाबु छेवाङ शेर्पा लाइ आर्थिक सहयोग गरिएछ।
शेर्पा संघ बेलायतले रामेछाप जिल्ला, उमाकुण्ड-२ भाम्ति झरे निवासी नाम्गेल शेर्पा लामा र याङ्जि शेर्पाको छोरा सानो बाबु छेवाङ शेर्पा लाइ नेपाली रूपैयॅा १,४६,६००-( £852) आर्थिक सहायोग गरिएछ। रामेछाप बुलडाडा (कुfमरिगल) हल युके बस्नु हुने श्रीमती आङलाक्पा शेर्पा- रू १०,००० नेपालमा दिएको थियो। बेलायत बाट जम्मा आर्थिक सहायोग नेपाली रूपैयॅा १,५६,६००- जानकारी गर्दाछु।
सम्पुर्ण सहायोग रकम रामेछाप शेर्पा किदुगा अध्यक्ष श्री आङ्छिरिङ शेर्पा ज्यु मर्फक बिरामीलाई २२ अगष्ट २०२४ दिन हस्तान्तरण गरियो।
छेवाङ शेर्पा फोक्सोको समस्या भइ विगत लामो समय देखि उपचार गरि रहेको र डाक्टरको भनाई अनुसार नानीको उपचार गर्न अझै पनि समय र खर्च धेरै नै लाग्ने भनेको, साथै नानीको बुबा पनि आपङगा भएको र बुबा आमाको आर्थिक स्थिति कमजोर भएको भनि सहयोग जुटाइ दिनको लागी रामेछाप शेर्पा किदुगाले शेर्पा संघ बेलायतलाई लिखित आनुरोद गर्नु भएको थियो।
शेर्पा संघ बेलायतले अनुरोधको सम्मान गर्दै शेर्पा संघ बेलायतले १६ जना बेलायतबासी मनकारी शेर्पा समुदायबाट छेवाङ् शेर्पाको लागि जम्मा £852 संकलन गर्न सफल भएको थियो।
नानीको उपचारको निम्ति आर्थिक सहायोग गर्नु हुने सबै मनकारी व्यक्तिहरुलाई हार्दिक दन्यबाद गर्दैछौ 🙏।