एम्बेस्डर कप सान्त्वना पुरस्कार बाट शेर्पा संघ बेलायत सम्मानित !!

एम्बेस्डर कप सान्त्वना पुरस्कार बाट शेर्पा संघ बेलायत सम्मानित !!

बार्षिक रूपमा तमु धीं युके र नेपाली दुतवास बेलायतको सहकार्यमा आयोजना गरिने नेपाली मेला-२०२४ को ।१५औ संस्करणबाट शेर्पा संघ बेलायत सम्मानित भएको छ। त्यसै गरी यस वर्षको च्याम्पिन बन्दै प्रथम पुरस्कार पासा पुच्छ गुठी युकेले आफ्नो पल्टोमा पार्न सफल भयो। क्रमश: दोश्रो र तेश्रो किरॉत यॉक्थुम चुम्लुङ र किरॉत राई यायोखा ले हात पार्न सफल भनि शेर्पा संघ बेलायतले चौथो स्थानमा चित्ता बुझाउनु पऱ्यो। कार्यक्रमको उदघाटन नेपाली दुतबास उपनियोग रोशानी खनाल र अन आरएन ए आई सीसी अध्यक्ष बद्री के.सी. ले संयुक्त रूपमा गर्नु भएको थियो।

यसपालीको नेपाली मेलामा बेलायतको विभिन्न भू-भागमा बसोबास गर्ने फरक-फरक जातजाती र धर्मसंस्कृति जोगाउने, जल्काउने ।आफ्नो मौलिक बेश-भूष पहिरानको साथ ४१ औटा संघ संस्थाले झाँकी प्रदर्शन ऱ्याली मार्फत दर्शकहरुको ध्यान खिचिएको थियो|

भनि १८ वटा संघ संस्थाको आफ्नो-आफ्नो परम्पार र संस्कृति बोकेको नृत्यले प्रमुख अतिथी, बिष्टाआतिथी, अतिथी,निर्णयक मण्डल लगायत दर्शकलाई भरपूर्ण रुपले मनोरञ्जन दिलाएको थियो।

शेर्पा संघ बेलायतको अध्यक्ष रिन्जी शेर्पाको अगुवाईमा प्रथम उपा-अध्यक्ष नुरी शेर्पा उपाअध्यक्ष आङदाली लामा महासचिब नोर्बु शेर्पा कोष अध्यक्ष छेते शेर्पा संस्कृतिक सहसचिब लक्की शेर्पा। निर्वमान अध्यक्ष आङदावा च्याबा सल्लाहकार ज्यूहरु डा० ङवाङ् शेर्पा, योप्तेन ग्याछो लामा, दावासोनम लामा, फूर्व तेन्जी शेर्पा र आङलाक्पा शेर्पा। साउथ सेन्टर शाखा अध्यक्ष निमतेम्बा शेर्पा साउथ इस्ट केन्ट शाखा अध्यक्ष नवल शेर्पा, सचिव पेमदुर्चे शेर्पा, कोष अध्यक्ष निमातेन्जी शेर्पा लगायत बेलायतको बिभिन्न स्थानबाट आउनुभएको शेर्पा समुदायको बाक्लो उपस्थिति र सभागिताले शेर्पा संघ बेलायत कार्यसमितीलाई थप ऊर्ज प्राप्त गरिएको कुरा महासचिब नोर्बु शेर्पाले बताउनु भयो।

शेर्पा संघ बेलायतले दुवै झाँकी र नृत्य दुवै विधामा प्रतिस्पर्धा गरिएको थियो, साथै अध्यक्ष रिन्जी शेर्पाले संस्थाको बारेमा एकदमै सन्दभिक भनाईको साथ आफ्नो मन्तब राख्नु भएको थियो।

Previous
Previous

शेर्पा समुदायले लन्डनमा मनाउंदै ग्याल्पो ल्होसार

Next
Next

शेर्पा संघ बेलायतले सानो बाबु छेवाङ शेर्पा लाइ आर्थिक सहयोग गरिएछ।